अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एस कर्णाली प्रदेश कमिटीका सदस्य आचार्य एमालेमा प्रवेश (तस्वीरहरू)  

नेकपा एस कर्णाली प्रदेश कमिटीका सदस्य आचार्य एमालेमा प्रवेश (तस्वीरहरू)  


काठमाडौं-नेकपा एकिकृत समाजवादीका कर्णाली प्रदेश कमिटि सदस्य निरज कुमार आचार्य नेकपा एमालेमा प्रवेश गर्नु भएको छ।

उहाँलाई आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भयो ।

एकिकृत समाजवादी पार्टीमा बसेर आफ्नो राजनीतिक जीवन अगाडि बढाउन नसकिने निष्कर्षसहित उहाँ एमालेमै फर्किएको बताउनु भयो । नेकपा एस पछिल्लो समय दक्षिणपन्थी कांग्रेसको पिछलग्गु बन्दै गएपछि आफूहरूमा वितृष्णा छाएको उहाँले बताउनु भयो ।

पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पार्टी प्रचार विभागका केन्द्रीय संयोजक निरज आचार्य, कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहलगायत नेताहरूको सहभागिता थियो ।