अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटाली भ्रमण गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

इटाली भ्रमण गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमण गरी स्वदेश फर्किनुभएको छ । 

शुक्रबार बिहान उहाँ इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ ओर्लनुभएको हो । 

उहाँलाई स्वागत गर्न विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत अन्य मन्त्रीहरु समेत विमानस्थल पुग्नुभएको थियो । उहाँलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सलामी अर्पण गरेको छ । 

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ साउन ६ गते इटाली प्रस्थान गर्नुभएको थियो । 

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकुलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताउनुभएको थियो । 

सो क्रममा उहाँले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गर्नुभएको थियो ।