अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रीय समिति बैठक बस्दै, विधान सम्मेलनलगायत विषयमा छलफल हुने

माओवादी केन्द्रीय समिति बैठक बस्दै, विधान सम्मेलनलगायत विषयमा छलफल हुने


काठमाडौँ-नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।     

यस्तै पाँच दिनसम्म चल्ने बैठकमा पेस हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान  स्थायी कमिटी बैठक बस्दैछ । सो बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरेपछि केन्द्रीय समितिमा प्रस्तुत हुनेछ । 

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा बैठकमा छलफल हुने जनाइएको छ ।