अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सदनको अवरोध हटाउन सभामुखले आज शीर्ष नेतासँग छलफल गर्ने

सदनको अवरोध हटाउन सभामुखले आज शीर्ष नेतासँग छलफल गर्ने


काठमाडौँ–सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउन दलका नेताहरूसँग छलफल गर्ने हुनुभएको छ । आज संसद् बैठक बस्नअघि दलका शीर्ष नेतासँग छलफल गर्न लाग्नुभएको हो । 

उहाँले आज मध्याह्न १२ बजे दलका शीर्ष नेतासँग प्रतिनिधिसभाको अवरोध हटाउन बैठक बोलाउनुभएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।

सभामुख घिमिरेले हिजो सदनको अवरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि सहमति जुट्न सकेको थिएन ।