अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्को गतिरोध अन्त्य गर्न सभामुखसहित शीर्ष नेताको बैठक आज पुनः बस्दै

संसद्को गतिरोध अन्त्य गर्न सभामुखसहित शीर्ष नेताको बैठक आज पुनः बस्दै


काठमाडौँ-प्रतिनिधिसभामा उत्पन्न गतिरोध अन्त्य गर्न आज बिहान शीर्ष नेताहरुबीच पुनः छलफल हुने भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच छलफल हुने भएको हो ।

हिजो दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि आज बिहान पुनः बैठक बस्दैछ । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण हिजोका बैठकमा सहमति हुन सकेन ।