अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहन अध्यक्ष ओलीको आग्रह 

वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहन अध्यक्ष ओलीको आग्रह 


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहन आग्रह गर्नुभएको छ । आज बिहान सामाजिक सञ्जालमार्फत उहाँले बाढी पहिरोबाट सतर्क रहन आग्रह गर्नु भएको हो । 

अध्यक्ष ओलीले लेख्नुभएको छ,’आज देशका धेरैजसो ठाउँमा अविरल वर्षा भइरहेको खबर छ । सोसियल मिडिया हेर्‍यो कि बाढी, पहिरो र पानीको सतह बढेका विभिन्न ठाउँका तस्बिर/भिडिओहरु धेरै आइरहेका छन् । वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौं !’ 

आज देशका विभिन्न भू-भागमा भारी वर्षा भइरहेको छ । जसले गर्दा देशका अधिकांश नदी र खोलामा बाढीको जोखिम रहेको छ । देशका अधिकांश स्थानमा पहिरो जाँदा सडकहरु अवरुद्ध भएका छन् ।