अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ-प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो ।  

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

यस्तै सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेलगायतका कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आजको बैठकमा पनि अवरोध गर्ने तयारी गरेको छ ।  सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति नबनाएसम्म संसद् चल्न नदिने एमालेको तयारी छ । 

हिजो सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि एमालेले संसद् अवरुद्ध गरेको थियो ।