अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक बस्दैछ, अवरोध गर्ने एमालेको तयारी 

राष्ट्रियसभा बैठक बस्दैछ, अवरोध गर्ने एमालेको तयारी 


काठमाडौँ-राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजे बस्ने भएको हो ।  

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । 

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्नुहुनेछ । 

तर राष्ट्रियसभा बैठकमा अवरोध गर्ने एमालेले तयारी गरेको छ । एमालेले यसअघिका बैठक पनि अवरोध गर्दै आएको थियो ।