अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक आज बस्दै, अवरुद्ध गर्ने एमालेको तयारी 

राष्ट्रियसभा बैठक आज बस्दै, अवरुद्ध गर्ने एमालेको तयारी 


काठमाडौँ-राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०१ बजे बस्ने भएको हो ।  

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची तय भएको छ । 

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्ने उल्लेख छ । 

यस्तै नेकपा एमालेले आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । एमालेले अवैध सुन तस्करी प्रकरणको छानबिन गर्न उच्च स्तरीय समिति बनाउनुपर्ने माग राख्दै आएको छ । एमालेले लगातार संघीय संसद्का दुवै सदनमा अवरोध पुर्‍याउँदै आएको छ । जसले गर्दा आजको बैठक कार्यसूची अनुसार सञ्चालन हुनेमा भने आशंका कायमै छ ।