अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चन्दा मागेको आरोपमा पक्राउ परेका धनबहादुर परियार एमालेबाट निष्कासन

चन्दा मागेको आरोपमा पक्राउ परेका धनबहादुर परियार एमालेबाट निष्कासन


काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी बहुमतको नामबाट लाखौँ चन्दा मागेको आरोपमा पक्राउ परेका धनबहादुर परियारलाई नेकपा एमाले सल्यानले पार्टीबाट निष्कासन गरेको छ ।

एमाले जिल्ला कमिटी सल्यान अध्यक्ष गोविन्द कुमार पुनले विज्ञप्ति जारी गर्दै परियारलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी   निष्कासन गरिएको जानकारी दिनुभयो ।

“हालै जिम्मेवारी प्राप्त गरेका परियार जिल्ला बाहिर विभिन्न व्यक्तिसँग चन्दा माग्दै हिँडेको भनी प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको खबर प्राप्त भएकोले नेकपा एमाले सल्यान जिल्ला कमिटीले आजैको मितिबाट निजलाई उक्त जिम्मेवारीबाट हटाइ साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको ब्यहोरा जानकारी गराइन्छ“, विज्ञप्तिमा भनिएको छ । 

परियारले विभिन्न व्यक्तिहरूसँग लाखौँ चन्दा माग्ने गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।