अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसद बरालको प्रश्न : बिथितिको साक्षी हामीले कहिलेसम्म बन्ने हो सरकार ?

एमाले सांसद बरालको प्रश्न : बिथितिको साक्षी हामीले कहिलेसम्म बन्ने हो सरकार ?


काठमाडौँ-नेकपा एमालेकी सांसद सुनिता बरालले राष्ट्रिय चिकित्सा शिक्षा ऐनका कारणले चिकित्सा शिक्षामा समस्या आएको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै बरालले राष्ट्रिय चिकित्सा शिक्षा ऐनका कारणले नेपालमा मेडिकल शिक्षा पढाउने २२८ शिक्षण संस्था बन्द भएको बताउनुभयो ।  

‘सीटीईभीटी अन्तर्गतका प्रिडिप्लोमा तहका स्वास्थ्य विषयका १३७ वटा र स्टाफ नर्स ७३ वटा, विश्वविद्यालय अन्तर्गतका स्नातक तहका बिएन १० र बिएस्सी नर्सिङ ८ वटा शिक्षण संस्था बन्द भएका छन्’, उहाँले भन्नुभयो, ‘नेपालमा धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेका छन् । पछिल्लो समय सीमावर्ती क्षेत्रमा मात्र १५७ वटा नर्सिङ कलेज खुलेका छन्, जसले नेपाली विद्यार्थी लक्षित गरेर खोलिएको छ । सीमा क्षेत्रमा शिक्षण संस्था खोलेर खुला चुनौतीका साथ अनुगमन आऊ भनेर भारतीय पक्षले भनिरहे को छ ।’ 

सांसद बरालले यस्ता बिथितिको साक्षी आफूहरुले कहिले सम्म बन्ने हो सरकार भन्दै प्रश्न गर्नुभएको छ । आवश्यक मापदण्ड पुरा गरेर अध्ययन अध्यापन सहज बनाउन उहाँले आग्रह गर्नुभएको छ । 

शिक्षा क्षेत्रको सकारात्मक सम्भावनालाई थप व्यवस्थित बनाउन आवश्यक रहेको भन्दै उहाँले अब पनि नगरे धेरै ढिलो हुने उल्लेख गर्नुभयो ।