अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक सुरू

एमालेको सचिवालय बैठक सुरू


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक बसिरहेको छ।

पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले)को सचिवालय बैठक बसेको एमालेलले जनाएको छ।

सुन तस्करीको घटनामाथि उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले सङ्घीय संसद्मा जारी गत्यावरोधका विषयमा पनि छलफल गर्ने जनाइएको छ।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आइरहेका छ। तर, सरकार अझै समिति गठन गर्ने पक्षमा छैन।

आज पनि प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।