अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सञ्जालमा आएका उपयुक्त सुझावलाई छलफलको विषय बनाइने छ : अध्यक्ष ओली

सामाजिक सञ्जालमा आएका उपयुक्त सुझावलाई छलफलको विषय बनाइने छ : अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा समस्या मात्र नभएर सुझाव पनि आउने गरेको बताउनुभएको छ । आफ्नो फेसबुक पोष्टमा आएका कमेन्ट सार्वजनिक गर्दै अध्यक्ष ओलीले कमेन्टमा आएका सुझावलाई कार्यान्वयन गरेर जाने बताउनुभएको छ ।  

उहाँले भन्नुभएको छ, ‘हिजो हामीले कक्षा १२ को नतिजाका सम्बन्धमा सामाजिक सञ्जालमा छलफल गर्ने प्रयास गर्‍यौँ । धेरै साथीहरू सहभागी हुनु भयो । तपाईँहरूले दिनु भएका सुझावहरूलाई मैले आफ्नो  समयलाई व्यवस्थापन गरेर हेर्ने गरेको छु । हाम्रा समस्याहरू धेरै छन् । सामाजिक सञ्जालमा समस्या देखाउने मात्र होइन, समस्या कसरी समाधान गर्ने भन्ने सुझावहरू पनि आउने गरेका छन् ।’ 

अध्यक्ष ओलीले पार्टीको शिक्षा विभागको बैठकमा कार्यक्रम बनाउँदा सो सुझावहरूलाई छलफलको विषय बनाइने बताउनुभएको छ ।