अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी अन्तै मोड्न मेरो परिवारलाई मुछियो : ईश्वर पोखरेल

सुन तस्करी अन्तै मोड्न मेरो परिवारलाई मुछियो : ईश्वर पोखरेल


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अवैध सुन प्रकरणमा आफ्नो परिवारको नाम जोडिएर आएको समचारको खण्डन गर्नु भएको छ ।

नेपाल खबरमा छापिएको समाचारप्रति आपत्ति जनाउँदै उहाँँले खण्डन गर्नुभएको हो । पोखरेलले आज सामाजिक सञ्जालमार्फत उक्त सुन प्रकरणमा आफ्नो परिवारको कुनै संलग्नता नरहेको प्रष्ट पारेका हुन् ।

उहाँले लेख्नुभएको छ,’यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो । म चुनौतीका साथ भन्न चाहन्छु-मेरो परिवारको यस्ता कुनै कुरामा संलग्नता छैन । यस्ता कुराबाट भ्रमित नहुन म सबै शुभेच्छुक र पार्टी पंक्तिलाई आह्वान गर्दछु ।’

उक्त समचार झुटा रहेको भन्दै पोखरेलले कानुनी कारबाही अगाडि बढाउने बताउनुभएको छ ।