अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय मान्यता प्राप्त दलको बैठक बस्दै,  संसद्को अवरोध खुलाउनेबारे छलफल हुने 

राष्ट्रिय मान्यता प्राप्त दलको बैठक बस्दै,  संसद्को अवरोध खुलाउनेबारे छलफल हुने 


काठमाडौँ-संसद्को अवरोध खुलाउने विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आज पनि बस्ने भएको छ । 

हिजो बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि सामान्य छलफल गरेर आजका लागि बैठक बोलाइएको हो ।  

संसद् खुलाउने विषयमा सम्पूर्ण दल एकमत रहेको र यसबारेमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गरेर निचोडमा पुग्न आज पुनः बैठक बस्न लागेको छ ।  

सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले संसद् अवरोध  गर्दै आएको छ ।