अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशको नेतृत्व सही दल र पात्रको हातमा परेन : नेता रिजाल

कर्णाली प्रदेशको नेतृत्व सही दल र पात्रको हातमा परेन : नेता रिजाल


काठमाडौँ–नेकपा एमालेका नेता विष्णु रिजालले स्थापनाकालदेखि नै कर्णाली प्रदेशको नेतृत्व सही दल तथा सही पात्रको हातमा नपरेको बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिनुहुँदै नेता रिजालले कर्णाली प्रदेश बाँदरको हातमा नरिवल बनेको बताउनुभएको हो । 

उहाँले भन्नुभएको छ,’कर्णालीको दुर्भाग्य– स्थापनाकालदेखि नै कर्णाली प्रदेशको नेतृत्व सही दल तथा सही पात्रको हातमा पर्न पाएन र बाँदरको हातमा नरिवल बनेको छ । बजेटको दुरुपयोगमा प्रतिस्पर्धा छ, प्रदेश जस्ताको त्यस्तै रहने तर पात्रहरु मोटाउने क्रम तीव्र छ । यसलाई बदल्न नसक्दासम्म कर्णाली बदलिँदैन । आउनुहोस्, आजको दिनमा कर्णाली बदल्ने संकल्प गरौँ !’

नेता रिजालले कर्णाली प्रदेश स्थापनाका लागि  आहुति दिनुहुने यामबहादुर बीसी, गोपालसिंह रजवार र टीकाराम गौतम तथा जुम्लाका हरिबहादुर कुँवरलाई सम्झनु भएको छ ।