अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्रीद्वारा विश्वासको मत

सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्रीद्वारा विश्वासको मत


विराटनगर–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट पाएको भनिएको विश्वासको मत विवादमा तानिएको छ। विपक्षी दल एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताएको छ।

प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइन मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन् । प्रस्तावको विपक्षमा ३० मत परेको थियो।

उपसभामुखको अनुपस्थितिमा सोमबारको बैठकको सभाध्यक्ष गरेका इस्राइल मन्सुरीले भोटिङका क्रममा सांसद गीता तिम्सिनालाई बोलाएपछि संसदमा हंगामा सुरु भएको थियो । 

उहाँले गीतालाई सभाध्यक्ष गर्न दिएपछि सोही क्रममा थापाको पक्षमा भोट त हाले तर विपक्षी दलका सांसदले चर्को नाराबाजी गरे । नाराबाजीका बीच फेरि सभाध्यक्ष गरेर मन्सुरीले थापाले प्रदेशसभाको विश्वासको मत पाएको घोषणा गर्नु भयो ।

गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज विश्वासको मत  लिएका हुन्। 

कोशी प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा सभाको अध्यक्षताले पनि मतदान गरेपछि संविधानको ठाडै उल्लंघन हुने संविधानविद्हरूले बताएका छन् ।

सभाको अध्यक्षता गर्ने व्यक्तिले दुवैतर्फ मत बराबर भएमात्र निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था रहेको संविधानविद्हरूले बताए ।

संविधानको धारा १८६ मा भनिएको छ, ‘प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ। अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन । तर, मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ ।’

विश्वासको मत लिने प्रयोजनमा भने उपस्थित सदस्यको नभएर तत्काल कायम रहेको प्रदेश सभा सदस्यको संख्याको बहुमत आवश्यक पर्ने कुरा संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख छ । त्यसैले गठबन्धनले सभामा उपस्थितको बहुमत देखाएर विश्वासको मतको बहुमत जुटाउने भने पनि संविधानको धारा १८८ ले नदिने र तत्काल कायम रहेको संख्याकै बहुमत आवश्यक पर्ने भनेको छ ।