अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा राजनीतिक र संवैधानिक तमासा भयाे: डा. भीमार्जुन आचार्य

कोशीमा राजनीतिक र संवैधानिक तमासा भयाे: डा. भीमार्जुन आचार्य


काठमाडौं–संविधानविद् डा.भीमार्जुन आचार्यले कोशी प्रदेशमा बैठकको अध्यक्षता गरिरहेका व्यक्तिले बहुमत पुर्‍याउन मत हालेर राजनीति र संवैधानिक तमासा देखाएको टिप्पणी गर्नु भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापालाई बैठकको अध्यक्षता गरिरहेका नेपाली कांग्रेसका सांसद ईसराइल मन्सुरीले समेत विश्वासको पक्षमा मत दिएपछि संविधानविद् डा. आचार्यले यस्तो टिप्पणी गर्नु भएको हो ।

संविधानविद् आचार्यले भन्नुभयो ‘कोशी प्रदेशको आजको कार्य गलत हो। राजनीतिक र संवैधानिक तमासा भयो। यो त साउन ११ गते सर्वोच्च अदालतको फैसलाको बिरुद्धमा छ ।’

गत साउन ११ सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको थियो ।

संविधानको धारा १८६ मा प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरुको बुहमतबाट हुनेछ, अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुँदैन। तर मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिने पाउने उल्लेख छ।