अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठक सिंहदरबारमा

सर्वदलीय बैठक सिंहदरबारमा


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको हो । बैठकमा सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङलगायतको उपस्थिति रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार पनि राष्ट्रिय दलको मान्यता प्राप्त ७ दलको सर्वदलीय बैठक राख्नु भएको थियो । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी भएका थिएनन्। त्यही भएर सोमबार संसद खोल्न निर्णायक समझदारी गर्नेगरी बैठक बसेको नेताहरूले बताएका छन्।

अध्यक्ष ओलीलाई बैठकमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले टेलीफोन गर्नु भएको थियो। सुर्खेतको विभिन्न कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री मौसम खराब भएपछि केही घण्टा रोकिदा ७ बजेका लागि बोलाइएको बैठक केहिबेर अघि सुरु भएको हो।