अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा गठबन्धनले लोकतन्त्र र संविधानको हुर्मत लियो: शंकर पोखरेल

कोशीमा गठबन्धनले लोकतन्त्र र संविधानको हुर्मत लियो: शंकर पोखरेल

अब त अति भयो


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनःनेपाली कांग्रेसका उद्धव थापाले विश्वासको मत पाएपछि लोकतन्त्र र संविधानको हुर्मत लिएको आरोप लगाउनु भएको छ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै लेख्नुहुन्छ, ‘संविधान रक्षाको दावी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा अव भन्नै पर्ने भो– अब त अति भयो।’

उहाँले नेपालको संविधानले सभामुखको भूमिका तटस्थ र निष्पक्ष हुने मान्यता आत्मसात गरेको उल्लेख गर्दै कोशीमा गठबन्धनले सरकार गठनका लागि सभामुख हुँदै सभाध्यक्षलाई पनि असंवैधानिक रुपमा प्रयोग गरेको टिप्पणी गर्नु भयो । 

सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आशन परिवर्तन गर्ने र मतदान गर्ने काम गरेर संविधानको ठाडो उल्लंघन भएको उहाँले बताउनु भएको छ। उहाँ लेख्नुहुन्छ, ‘जवकी संविधानले वरावरी मत भएको अवस्थामा मात्र सभामुखलाई मतदानको अधिकार दिएको छ। यसरी पटक पटक संविधानको हुर्मत लिने सत्ता गठवन्धनले संविधान रक्षाको दावी गर्नु ‘सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै हो। त्यसैले सबैले एक स्वरमा भनौ– इनफ इज इनफ।’

यस्ताे छ पाेखरेलकाे स्टाटस

संविधान रक्षाको दावी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा भन्नै पर्ने भो- अव त अति भयो।

संविधानले सभामुखको भूमिका तटस्थ र निस्पक्ष हुने मान्यता आत्मसात गरेको छ। तर कोशी प्रदेशमा गठवन्धनले सरकार गठनका लागि सभामुखको हस्ताक्षर प्रयोग गर्यो । अदालतले सरकार गठनमा सभामुखको भूमिकालाई असम्वैधानिक करार गरेपछि सभामुखलाई नै राजीनामा गराएर सभामुख विहिनताको स्थितिमा सरकार गठनको दावी प्रस्तुत गरियो । जवकी सरकार गठनकाे प्रकृया अघि बढाउनु पूर्व प्रदेशसभाको नेतृत्व चयनको प्रकृया अघि बढाउनु पर्दथ्यो।

गठवन्धनले सर्वोच्च अदालतको निर्णय पछि तात्कालिक काम चलाउ सरकारलाई मान्यता दिएर सम्विधानतः नयाँ सरकार गठनको प्रकृया अघि बढाउनु पर्दथ्यो । तर त्यसो नगरी सत्ता गठवन्धनले कोशी प्रदेशमा सरकार विहिनताको अवस्था सिर्जना गर्यो। जबकी नेपालको संविधानले कुनै पनि तहमा सरकार विहिनताको कल्पना नै गरेको छैन।

विश्वासको मत लिने सन्दर्भमा समेत सत्ता गठबन्धनले संविधानको हुर्मत लिने काम गरेको छ। सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आशन परिवर्तन गर्ने र मतदान गर्ने काम गरेर संविधानको ठाडो उलंघन गरेका छन् । जवकी संविधानले बराबरी मत भएको अवस्थामा मात्र सभामुखलाई मतदानको अधिकार दिएको छ।

यसरी पटक पटक सम्विधानको हुर्मत लिने सत्ता गठवन्धनले संविधान रक्षाको दावीगर्नु ‘सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै हो। त्यसैले सबैले एकस्वरमा भनौ-‘इनफ इज इनफ’।