अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठक बस्दै, समसामयिक राजनीतिबारे छलफल हुने

सर्वदलीय बैठक बस्दै, समसामयिक राजनीतिबारे छलफल हुने


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक बस्दैछ । राष्ट्रपति पौडेलले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग आज  बिहान ८ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा छलफल गर्दै हुनुहुन्छ । 

सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने जनाइएको छ । 

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गर्नुभएको थियो ।