अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने 

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने 


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ । राष्ट्रपति पौडेलले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आज  बिहान ८ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा छलफल गर्न बोलाउनुभएको थियो ।

तर एमालेले निमन्त्रणा नआएकाले बैठकमा नजाने बताएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले निमन्त्रणा नआएको बैठकमा सहभागी नहुने बताउनुभयो । निमन्त्रणा नआएको बैठकमा जान उपयुक्त नहुने भन्दै उहाँले एमाले सर्वदलीय बैठकमा नजाने प्रष्ट पार्नुभयो । 

यस्तै एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले राष्ट्रपति कार्यालयबाट निमन्त्रणा नआएको भए बैठकमा सहभागी नहुने बताउनुभयो । निमन्त्रणा आए नआएको आफूलाई जानकारी नभएको भन्दै उहाँले निमन्त्रणा आएको भए बैठकमा सहभागी हुने पनि बताउनुभयो ।