अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक सुरु, एमालेद्वारा बहिष्कार  

राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक सुरु, एमालेद्वारा बहिष्कार  


काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग थाल्नु भएको छ । सर्वदलीय बैठक राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको हो । 

सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित रहेको छ । एमालेले राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै बैठक बहिष्कार गरेको बताइएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले राष्ट्रपति कार्यालयबाट निमन्त्रणा नआएकाले बैठकमा जान नसकिने बताएका थिए । 

बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने भएको छ ।