अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छानबिनको सुई सत्तारुढ पार्टीका शीर्ष नेताको भान्सामै पुग्यो : नेता रिजाल 

छानबिनको सुई सत्तारुढ पार्टीका शीर्ष नेताको भान्सामै पुग्यो : नेता रिजाल 


काठमाडौँ-नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी छानबिनको सुई 

सत्तारुढ पार्टीका शीर्ष नेताको भान्सामै पुगेको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले छानबिनको सुई भान्सामा पुगेपछि सत्तारुढ पार्टीका नेताहरु प्रहरी अधिकारीसँग डराएको बताउनुभयो । 

‘छानबिनको सुई सत्तारुढ पार्टीका शीर्ष नेताको भान्सामै पुगेको रहेछ’, उहाँले भन्नुभएको छ’, होइन भने छानबिन गरिरहेका प्रहरी अधिकारीसँग किन यति साह्रो डराउनुपर्थ्यो र ?’ 

नेता रिजालले सरकारले बाध्यताले नक्कली भुटानी शरणार्थी, सुन तस्करी प्रकरणको छानबिन गरेको बताउनुभयो ।  

उहाँले भन्नुभएको छ,’भुटानी शरणार्थी, सुन तस्करीजस्ता ठूला मुद्दामा काम गरिरहेका प्रहरी अधिकारीहरुलाई निष्पक्षतापूर्वक काम गर्न ढाडस दिनुपर्नेमा अवधि नपुग्दै लखेटेपछि कुन चाहिँ प्रहरीले निडरतापूर्वक काम गर्न सक्छ र ? बाध्यतामा परेर त्यसमा अनुसन्धान गरिएको रहेछ, सरकारको छानबिन गर्ने मन नै रहेनछ भन्ने यसबाट पुष्टि हुन्छ ।’ 

सरकारले हिजो नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्ने प्रहरी अधिकारीको सुरुवा गरेको थियो ।