अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तापक्षकै कारण संसद् बैठक अझै सुचारु हुन सकेन: देवेन्द्र दाहाल

सत्तापक्षकै कारण संसद् बैठक अझै सुचारु हुन सकेन: देवेन्द्र दाहाल


काठमाडौँ-राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद् बैठक अझै खुल्ने सुनिश्चित नभएको बताउनु भएको छ।

नेता दाहालले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउने विषय सत्तापक्षकै कारण अझै निर्णयमा पुगिनसकेकाले संसद् बैठक सुचारु हुने कुरा सुनिश्चित नभएको बताउनु भयो।

मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले प्रतिपक्षलाई सत्तोसराप गर्ने काम नगर्न पनि सरकार र सत्तापक्षलाई आग्रह गर्नुभयो। समयमा आफ्नो काम नगर्ने तर प्रतिपक्षलाई सराप्ने काम सत्तापक्षले गर्न नहुने नेता दाहालको भनाई थियो ।

नेता दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्वका हरेक सवालहरु ओझेलमा पर्ने गरेको बताउनु भयो । बाढी, पहिरोलगायतका पीडितलाई समेत सरकारले समयमै राहत दिन नसकेकोमा उहाँको आपत्ति थियो ।