अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सांसद शाहीको प्रश्न: सडकमा व्यापार गरेर खानेलाई लखेट्ने बालेनका नगर प्रहरी बाढीमा कहाँ गए ?

सांसद शाहीको प्रश्न: सडकमा व्यापार गरेर खानेलाई लखेट्ने बालेनका नगर प्रहरी बाढीमा कहाँ गए ?


काठमाडौँ-नेकपा एमालेका सांसद दयालबहादुर शाहीले काठमाडौं महानगरभित्र बाढी आएको समयमा पनि काठमाडौँ महानगर प्रमुख बालेन शाहले नगर प्रहरी परिचालन नगरेको भन्दै आलोचना गर्नुभएको छ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद शाहीले बालेन सस्तो लोकप्रियतामा लागेको बताउनु भयो। सांसद शाहीले भन्नुभयो, ‘सडकमा व्यापार गरेर खानेहरूलाई लखेट्ने बालेनका नगर प्रहरी बाढीमा कहाँ गए ? सस्तो लोकप्रियताले मात्र केही हुँदैन।’ उहाँले बाढी गएका बेला प्रधानमन्त्री अमेरिका बस्यो भनेर हौवा फैलाएको बताउँदै उताबाट आउनै तीन दिन लाग्ने कुरा किन नबुझेको भन्दै प्रश्न गर्नु भयो।