अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अपानिका कारण प्रदेशको कार्यकारी भूमिकाबाट को-को ‘आउट’ हुँदैछन् ? 

एमाले अपानिका कारण प्रदेशको कार्यकारी भूमिकाबाट को-को ‘आउट’ हुँदैछन् ? 


काठमाडौँ–नेकपा एमालेको केन्द्रीय सचिवालयले जनप्रतिनिधीहरुलाई प्रदेशको कार्यकारी भूमिकाबाट ‘आउट’ गर्ने निर्णय भएपछि हाल प्रदेश कमिटीको अध्यक्ष र सचिवको रुपमा धेरै जना नेताहरु ‘आउट’ हुने भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपानि ८ जारी गर्दै प्रदेश कमिटीको अध्यक्ष र सचिवमा स्थानीय तहका जनप्रतिनिधि र प्रदेश तथा संघीय सांसदलाई उम्मेदवार बन्न बन्देज गर्नुभएको हो । 

अपानि अनुसार वडाअध्यक्ष, पालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेशसभा सदस्य तथा संघीय संसदका सांसदले यी दुई पदमा उम्मेदवार हुन पाउने छैनन् ।

एमालेले सांसद वा स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीको प्रदेश, जिल्ला र गाउँ तहको अध्यक्ष र सचिव नबनाउने निर्णय गरेको हो । यो सँगै अहिले प्रदेश अध्यक्ष र सचिव रहेको जनप्रतिनिधि र सांसदहरुले प्रदेश अधिवेशनबाट कार्यकारणी भूमिकाबाट बिदा हुनुपर्नेछ । 

एमालेको प्रदेश अधिवेशन मध्ये भदौदेखि असोज भित्र हुँदेछ ।  एमालेले भदौ १६–१७ मा लुम्बिनी,  असोज ५–६ मा मधेस,  असोज ८–९ मा बागमती,  असोज १०–११ मा कर्णाली,  असोज १२–१३ मा कोशी,  असोज १५–१६ मा गण्डकी,  असोज १९–२० मा उपत्यका विशेष र  असोज २१–२२ मा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ ।

यी हुन् प्रदेशका अध्यक्ष-सचिवबाट आउट हुने नेताहरु 

एमालेको अपानि अनुसार अधिकांश स्थानीय तहका जनप्रतिनिधि र प्रदेश संघीय सांसद प्रदेश कमिटीको कार्यकारणी भूमिकाबाट बाहिरिने छन् । अधिकांश नेताहरु दोहोरो भूमिकाबाट बाहिरिने भएका छन् । 

जस अन्तरगत सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठक प्रदेश कमिटीको अध्यक्षबाट आउट हुनेमा पर्दछन् । भण्डारी एमाले प्रतिनिधिसभा सदस्य र पाठक प्रदेशसभा सदस्य हुनुहुन्छ । 

यस्तै कर्णाली प्रदेश कमिटी अध्यक्ष र सचिव दुवै जना सांसद भएकोले पार्टीको कार्यकारणाी पदबाट बाहिरिनुपर्ने छ । उहाँहरु दुवै जना प्रदेश सांसद रहेकाले पार्टीको कार्यकारणी भूमिकाबाट बाहिरिनु पर्नेछ । एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष बिनोद कुमार शाह र सचिव टेकराज पछाईँ कर्णाली प्रदेशका सांसद हुनुहुन्छ ।   

यस्तै एमाले मधेस प्रदेश अध्यक्ष राम औतार यादव भने पुनः अध्यक्षमा उम्मेदवारी दिन नपाउनु हुनुभएको छ । उहाँ सिरहाको सुखीपुर नगरपालिकाको प्रमुख हुनुहुन्छ ।  

यस्तै कोशी प्रदेश सचिव चिन्त्तन पाठक भने प्रदेश सांसद भएकाले पुनः उम्मेदवार भन्न पाउनुहुने छैन ।