अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी प्रकरण: उच्चस्तरीय समिति बनाउनेबारे दलहरुको बैठक सिंहदरबारमा

सुन तस्करी प्रकरण: उच्चस्तरीय समिति बनाउनेबारे दलहरुको बैठक सिंहदरबारमा


काठमाडौं-साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेबारे राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ।

सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायत दलका सचेतकहरू सहभागी छन् ।

हिजोका लागि तय भएको बैठक अध्यक्ष ओली बिरामी हुनुभएपछि आजका लागि सारिएको थियो।

एमालेका अवरोधका कारण साउन १० गते यता सदन चल्न सकेको छैन । शीर्ष नेताहरूबीच सुन तस्करी प्रकरणबारे छानबिन गर्न आयोग बनाउने सहमति जुटिसकेको छ।

यसअघि दलहरुको बैठकले उच्चस्तरीय समितिको कार्यप्रणाली र मापदण्ड बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई तोकेको थियो । मंगलबार बिहान तीन सदस्यीय कार्यदलको बैठकले उच्चस्तरीय समितिको टीओआरको ड्राफ्ट बनाएको थियो।तीन नेताको कार्यदलले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सिफारिस स्रोतले जनाएको छ।