अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सदनको अवरोध हटाउन दलहरूबीच दुई बुँदे सहमति

सदनको अवरोध हटाउन दलहरूबीच दुई बुँदे सहमति


काठमाडौं-राष्ट्रिय मान्यता प्राप्त सात दलको बैठकले सुन तस्करीका सबै घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति जुटाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता र प्रतिपक्षका ७ दलबीच सिंहदरबारमा छलफल भएको हो। उक्त छलफलमा सुन प्रकरण छानबिन गर्न आयोग गठनको सहमति जुटेको हो।

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुई बुँदे सहमति भएको छ। सो सहमतिअनुसार ६१ किलो सुनकोमात्र नभएर कृष्णबहादुर महरा जोडिएको अर्को तस्करीसहितको छानबिन गर्ने निर्णय भएको छ।

बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ । केहीबेरमा औपचारिक रुपमा हस्ताक्षर हुनेछ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेलेले गत साउन १० गतेदेखि सदन अवरूद्ध गर्दै आएको छ। सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग एमालेले गरेको थियो।

प्रतिनिधि सभा बैठक बुधबार अपराह्न ३ बजे बस्दैछ।

हेर्नुहोस् सहमतिपत्र