अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ–संवेदनशील विषयमा “ठट्टा” नगरौँ, महँगो पर्छ

विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ–संवेदनशील विषयमा “ठट्टा” नगरौँ, महँगो पर्छ


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ फर्काउनुभएको छ । हिजो उच्चस्तरीय आयोग गठनबारे शर्माले गरेको टिप्पणीको रिमालले जवाफ फर्काउनुभएको हो । 

कांग्रेसका महामन्त्री शर्माले सुन प्रकरणको छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गर्नुभएको थियो । 

यसको जवाफमा एमाले उपमहासचिव रिमालले संवेदनशील विषयमा “ठट्टा” गरे महँगो पर्ने चेतावनी दिनुभएको छ । 

‘छानबिन आयोग बन्ने सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै “प्रभावशाली” भनिने नेताले “सहमति विपक्षलाई छक्याउने रंगिन टालो” भन्दै बिल्ला हान्नुले प्रष्ट हुन्छ– साथीहरुको नियतमा कहीँ न कहीँ खोट छ’, उपमहासचिव रिमालले सामाजिक सञ्जालमा लेख्नुभएको छ,’अहिले यत्ति चाहिँ भनौँ-मित्रहरु, यस्तो संवेदनशील विषयमा “ठट्टा” नगरौँ, महँगो पर्छ है ?’