अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्छ: अध्यक्ष ओली

सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्छ: अध्यक्ष ओली


विराटनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ। 

आज मोरङको विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्नुहुँदै उहाँले सुशासनका लागि राजनीतिक शक्तिहरु मिल्नुपर्ने बताउनु भएको हो। 

 ‘आर्थिक विकासका लागि सुशासनका लागि राजनीतिक शक्तिहरु मिलेर जानुपर्छ। त्यसमा पनि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नुपर्छ’,उहाँले भन्नुभयो । 

उहाँले अर्थतन्त्र सुधारका लागि काँग्रेस एमाले मिल्ने कुरा नाजायज नभएको बताउनुभयो। 

प्रणालीको रक्षा, त्यसको विकास, संविधानको रक्षा र कार्यान्वयन, अनियमितता, वेथिति, भ्रष्टाचार, तस्करी नियन्त्रण र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो सधैंको मान्यता त्यही हो।’