अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बाढीपहिरो: २३९ जनाको मृत्यु, १९ अझै बेपत्ता

बाढीपहिरो: २३९ जनाको मृत्यु, १९ अझै बेपत्ता


काठमाडौं-केही दिनअघिको बाढीपहिरोमा परेर हालसम्म २३९ जनाको मृत्यु भएको छ। बाढीपहिराेमा परेर १९ जना बेपत्ता भएका छन्। 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरोमा परेर १७७ जना घाइते भएका छन्। 

प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार भएको छ। बेपत्ताको खोजी र सहायता परिचालनको काम चलिरहेको उहाँले बताउनु भयो।

बाढीपहिरोले अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको गृहमन्त्रालयले जनाएको छ।