अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरबाट अध्यक्ष ओलीको दाबी: ५० सांसदसहित कोशीमा फेरि एमालेको सरकार बन्छ

विराटनगरबाट अध्यक्ष ओलीको दाबी: ५० सांसदसहित कोशीमा फेरि एमालेको सरकार बन्छ


विराटनगर-तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर पुग्नु भएको छ।

आज मोरङको विराटनगरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष ओलीले नेपाली कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताउनु भयो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेस जस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताउनु भयो। ‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको थियो’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘अहिले पनि मानेको छैन। तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’

गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उहाँले आरोप लगाउनु भयो।

उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताउनु भयो।

अध्यक्ष ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गर्नु भएको छ। उहाँले भन्नुभयो, ‘५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ।’

अहिलेको सत्ता गठबन्धन सरकारको नेतृत्व गरेको माओवादीले द्वन्द्व बढाएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चाले समस्या पारेको छ। एकातिर प्रदेशको नामको पक्षमा भोट हाल्छ एको तिर बाहिर आउँछ ढुङ्गा मुढा गर्छ मान्छे मराउँछ। प्रचण्डको पार्टी, माधव नेपालको पार्टी र जसपाले द्वन्द्व बढाइरहेका छन्।’

उहाँले गिरीबन्धु टी स्टेटको कुरा निकालेर सरकारले ‘चिल आयो चिल आयो’ भनेर कुखुरा चोर्ने काम मात्रै गरिरहेको बताउनु भयो।