अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक १३ गतेका लागि सर्‍यो

एमाले सचिवालय बैठक १३ गतेका लागि सर्‍यो


सिरहा- नेकपा (एमाले)को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सारिएको छ।

धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नु परेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिनुभयो । 

उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली आजै विराटनगर आइसक्नुभएको थियो । “बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो”, मण्डलले भन्नुभयो । 

एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो । सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।