अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले जातीय द्वन्द्व निम्त्याइसक्नुभयो: डा. शेखर कोइराला

प्रधानमन्त्री प्रचण्डले जातीय द्वन्द्व निम्त्याइसक्नुभयो: डा. शेखर कोइराला


काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ।

विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले धार्मिक सद्भाव लड्खडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाउनु भयो।

प्रतिनिधिसभा सदस्य कोइरालाले भन्नुभयो, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ। परिस्थिति धार्मिक खासियत लडखडाएको छ।’

पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने भन्दै कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो। ‘संविधानमा लेखिए भन्दा बाहिरको कुरा कदापी स्वीकार्य हुँदैन। कुनै पनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन।’

उहाँले मुलुकको राजनीति कता मोडिए  भन्दा पनि अफ्टयारो परिस्थितीमा गएको प्रति आफु चिन्तित भएको बताउनुभयो। ‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर अभिव्यक्ति दिनु भयो । त्यो कत्तिको उचित हो ?’ जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ।’ कोइरालाको भनाई थियो । 
कोइरालेले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको बताउनुभयो। उहाँले भन्नुभयो ‘यहाँ देखिएको सुन तस्करले विश्वलाई केन्द्रित गराएको छ। सुनकाण्डमा भारत र चीन देखिएका छन्। तर अरू मुलुकले समेत चलखेल गर्दै आएकाछन्। सुन तस्करी काण्डमा सरकारले उच्च स्तरीय छानवीन समितिबाट छानविन गर्नुपर्नेछ । सुन काण्डको छिनोफानो जनताले बुझ्ने गरि हुनुपर्छ।