अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गिरिबन्धु टि इस्टेटका सम्बन्धमा अध्यक्ष ओलीको भनाइ – काँग्रेस माओवादी हुँ र कमिसन खानलाई ?

गिरिबन्धु टि इस्टेटका सम्बन्धमा अध्यक्ष ओलीको भनाइ – काँग्रेस माओवादी हुँ र कमिसन खानलाई ?


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरी बन्धु इस्टेटको जग्गा कानुन सँगत ढंगले मन्त्रिपरिषदले सट्टाभर्ना गर्न अनुमति दिएको बताउनुभएको छ ।
गिरी बन्धु टि इस्टेट देखि करिब ४५ किलोमिटर पश्चिम दमकमा आयोजना गरिएको नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेस माओवादी जस्तो आफू कमिसनको लोभमा नपरेको बताउनुभयो । बरु माओवादी र काँग्रेसले गीरी बन्धु कै ७० विगाहा जग्गा हचुँवाका भरमा बसपार्क बनाउन दिएको ओलीले दाबी गर्नुभयो । ‘गिरी बन्धु टि इस्टेट केपी ओलीले खायो भन्छन् । त्यहीं छ त कसरी खाँए ?’ माओवादी र काँग्रेसतिर लक्षित गर्दै ओलीले भन्नुभयो ‘तिनीहरुले एक पटक १९ विगाहा र एक पटक ५१ विगाहा गरेर ७० विगाहा जमिन बिना कानुन टि इस्टेटलाई सट्टाभर्ना दिएका हुन् ।’
आफू प्रधानमन्त्री भएका बेला उक्त जग्गा सट्टाभर्नाका लागि टि इस्टेटका तर्फबाट निवेनद आएको उहाँले बताउनुभयो । ‘चियाको बोटको आयु ६० देखि ८० वर्ष हुँदो रहेछ । ०२०÷०२१ सालमा लगाएको चियाको बोटको आयु पुगिसकेको थियो ’ ओलीले भन्नुभयो ‘फेरी चिया लगाउनलाई अरु २० वर्ष पर्खनु पर्ने रहेछ । त्यसैले अर्को जमिन खरिद गरेर यहाँ सहरीकरण गर्न मिल्ने गरी २०७८ साल बैशाख १३ गतेको मन्त्रिपरिषदले निर्णय गरेको हो ।’
यो निर्णयमा आर्थिक चलखेल भयो भनेर प्रश्न उठाउनेहरुलाई अध्यक्ष ओलीको जवाफ थियो ‘म के काँग्रेस,माओवादी हुँ र कमिसन खानलाई ? कि उनीहरुको अंशियार हुँ ?’
ओलीले गिरीबन्धु टि इस्टेटको जग्गा सट्टाभर्ना सम्बन्धमा दमकको कार्यक्रममा व्यक्त गर्नु भएको मन्तव्य यस्तो छ :

गिरी बन्धु टि इस्टेट केपी ओलीले खायो भन्छन् । त्यहीं छ त त्यो कसरी खाएँ ? तिनीहरुले एकपटक १९ विगाहा र एक पटक ५१ विगाहा गरेर ७० विगाहा जमिन टि इस्टेटलाई सटाभर्ना गर्न दिएका थिए बिना कानुन । त्यो बस पार्क क्षेत्र भनेको छ नि । त्यो बसपार्क क्षेत्र भनेको त्यही १९ विगाहा र ५१ विगाहा गैह्र कानुनी ढंगले कमिसन खाएर गरेको कारोबार हो ।
हामीलाई थाहा छ हामी देश बनाउन हिडेका हौं । हाम्रो गन्तव्य एउटा घर,एउटा गाडी,एउटा के यस्तो होइन हाम्रो गन्तव्य । हाम्रो गन्तव्य देश बनाउने कुरा हो । श्रीमतीका नाकमा झुम्के बुलाकी हालिदिने हाम्रो उद्धेश्य होइन । कुण्डल हाल्दिने मुण्डल हाल्दिने,सुन फूल हालिदिने त्यो उद्धेश्यले हामी हिडेका होइनौ । देश बनाउने उद्धेश्यले हिडेका हौं । त्यस कारण हामीलाई राज्यको सम्पती,जनताको सम्पती,सार्वजनिक सम्पती अनधिकृत र गलत ढंगले आफ्नो हिस्सामा ल्याउनु हुदैन । आफ्नो जो कानुनले पाउने उचित कमाइ बाहेक अरुमा लोभ गर्नु हुदैन भन्ने कुरा बुझेर नै हामी काम गरेका छौं । त्यसकारण कानुनी हिसाबले पनि नचुकिकन ।
म कहाँ निवेदन आएको हो । अथवा सरकारमा निवेदन आएको हो गिरी बन्धु टि इस्टेटले के भन्यो भने चियाको उमेर ६० देखि ८० वर्षको हुन्छ । २०२१ सालतिर लगाएका चियाका बोटहरु अहिले ६० वर्षका भए । पुराना भए । अब यो चिया बगान काम लाग्दैन । हटाउनु पर्दछ । त्यो काम लाग्दैन । बुढो भयो । यसलाई हटाउने हो भने यो हटाएर फेरी १५÷२० वर्ष खाली राख्नु पर्दछ । चिया लगाउन मिल्दैन । किनभने रुखो जमिन हुन्छ । किनभने चियाको बोटले पहिले नै खाइसकेको हुन्छ । त्यसकारण १५÷२० वर्ष मलिलो पार्नका लागि त्यसलाई राख्नु पर्दछ । अनि मात्रै चिया लगाउन सकिन्छ । करोड रुपैंया कठ्ठाको जमिन चियाका बुटा पर्खिएर त्यहि पनि २० वर्षपछि लाउनका लागि पर्खिएर खाली राख्नु पर्ने । त्यो भन्दा १५ लाख २० लाखमा विगाहा पाउछौं, बाहिरतिर गयो भने । त्यसमा चिया बगान लाउछौं । यो सहरी प्रयोजनमा बेच्छौं । त्यसबाट पैसा कमाउछौं । त्यो कमाएको पैसा उद्योग व्यापार आदिमा हामी लगाउदछौं । अनि उनीहरुको सम्पती म के अंशियार हुँ ? उनीहरुको भाइभतिजा हो ? मेरो अंश खोइ भन्ने ?त्यसो भएर मैले के भने उनीहरुलाई तपाईंहरुको सम्पती तपाईंहरु कमाउनुहोस ठिक छ तर बिना कानुन हुदैन । कानुन बनाएर मात्रै हुन्छ । कानुन बनाउनुहोस अनि गर्नुहोस । मैले उहाँहरुलाई भने र कानुन मैले बनाइदिंए । त्यो कानुन कार्यान्वयन गर्न नियम बनाइदिंए । उहाँहरुले आदेश माग्नुभयो २०७८ असार २४ भन्नुहुन्छ उहाँहरु । असार २४ होइन २०७८ साल बैशाख १३ गतेको मन्त्रिपरिषदबाट मैले यो यो सर्तमा त्यहाँ जमिन किन्नु,त्यो जमिन हेर्नु,त्यो जमिन भूमिसुधारले हेर्छ । त्यो जमिन ठिक भयो भने वातावरणीय मूल्यांकन आदि इत्यादी सबै गरेपछि पहिलेको जस्तो ७० विगाहा दिए जस्तो सुटुक्क होइन अलिकति २÷४ करोड पैसा लियो अनि सुटुक्क दियो होइन । त्यसमा कमिसन खाने हो भने कमिसन पाइन्थ्यो होला । देश चलाउछु भन्ने मान्छेलाई कमिसन खान्छु भन्न लाज हुनु पर्दैन । म काँग्रेस हो म माओवादी हो कमसिन खानलाई ?