अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले आज एमालेको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्नुहुने

अध्यक्ष ओलीले आज एमालेको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्नुहुने


झापा- गृह जिल्ला झापामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रदेश कमिटी सचिवालय सदस्य होमबहादुर थापाका अनुसार विहान ११ बजे विराटनगरमा आयोजना हुने पार्टीको बैठकलाई सम्बोधन गरेर अध्यक्ष ओली आजै काठमाडौं फर्कने तयारी छ ।
सिराहाको विष्णुपुरकट्टामा भदौ ९ गते आयोजना गरिएको पार्टीको सचिवालय बैठकमा सहभागी हुन भदौ ८ गते विराटनगर जानु भएका अध्यक्ष ओली प्रतिकुल मौसमका कारण बैठक स्थगित भएपछि झापा जानु भएको थियो । झापामा हिजो पार्टीका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्नुभएको थियो ।