अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपालाई संसदीय समितिको एउटा सभापति दिने सत्ता गठबन्धनको निर्णय

राप्रपालाई संसदीय समितिको एउटा सभापति दिने सत्ता गठबन्धनको निर्णय


काठमाडौँ-सत्ता गठबन्धनले राप्रपालाई एउटा संसदीय सुनुवाइ समितिको सभापति दिने निर्णय गरेको छ। राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले एउटा संसदीय समितिको सभापति राप्रपालाई दिने सहमति भएको जानकारी दिनु भयो ।

‘एक समितिको सभापति हामीलाई दिने भनेर सहमति भएको छ। संसदीय सुनुवाइ विशेष समिति दिने भन्ने कुरा आएको छ। त्यो पाएको खण्डमा पशुपति शमशेर राणा ज्यूले नेतृत्व गर्नु हुन्छ’, उहाँले भन्नुभयो । समितिमा राप्रपाबाट राणाको एकल उपस्थिति रहेको छ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति कांग्रेसको भागमा परेको थियो । कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिबाहेका समितिको सभापतिमा मात्रै उम्मेदवार टुंग्याएको छ । कांग्रेसबाट संसदीय सुनुवाइ समितिको उम्मेदवारको रुपमा सांसद जीवन परियारको नाम चर्चामा थियो । तर, उहाँले आफू सभापतिको उम्मेदवार नरहेको बताउनु भयो ।