अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अखिल नेपाल किसान महासंघ दार्चुलाको अध्यक्षमा धामी चयन

अखिल नेपाल किसान महासंघ दार्चुलाको अध्यक्षमा धामी चयन


कैलाली-नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ दार्चुलाको अध्यक्षमा धिरेन्द्रसिह धामी चयन हुनु भएको छ।

सदरमुकाम खलंगामा मंगलबार भएको अधिवेशनले धामीको नेतृत्वमा ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो।

अधिवेशनले उपाध्यक्षमा कल्यानसिह धामी, हेमा थापा, सचिव आनसिह धामी, उपसचिव शेरसिह रावत तथा कोषाध्यक्षमा महेशसिह महरालाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै, अधिवेशनले युवा किसान संघमा मानमती पार्की, महिला किसान संघमा सुरमती कुवर, आलु उत्पादन किसान संघमा कौसा विष्ट, खाद्यय बाली किसान संघमा तुलसी धामी, तरकारी उत्पादन किसान संघमा बिरसिह, पशुपालक किसान संघमा जमनसिह धामी, अडिबुटी उत्पादन संघमा बिमला महता धामी र फलफुल उत्पादन संघमा पदम साउँदलाई चयन गरेको छ।

अखिल किसान महासंघ दार्चुलाका अध्यक्ष जयसिह विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्नाले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका स्थायी कमिटी सदस्य नेपाल चौधरी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिह धामी, प्रदेश सदस्य रामदत्त जोशी, अखिल किसान महासंघका प्रदेश अध्यक्ष मदनराज रेग्मी, सचिव राकेश सिंह, केन्द्रीय कमिटी सदस्य नारायण दत्त भट्ट दलजीत महता, ताराकेश्वरी कुवर, र जनक डागा लगायतको उपस्थिति रहेको थियो।