अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 एमालेको सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकको मिति तोक्ने

 एमालेको सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकको मिति तोक्ने


काठमाडौँ-नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक सिरहाको अम्बासमा  बिहान ११ बजे बस्न लागेको हो ।

यही भदौ ९ गते बस्ने भनिएको एमाले सचिवालय बैठक अम्बासमा बाढी आएपछि आजसम्मका लागि स्थगित भएको थियो । 

बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेले जनाएको छ । 

अम्बासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा चयन भएका थिए । एमालेको  ऐतिहासिक स्थान भएकाले सो ठाउँमा पार्टीको सचिवालय बैठक राखिएको एमाले मधेस प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले बताउनुभयो । 

यस्तै सचिवालयको बैठकले कम्युनिष्ट आन्दोलनको ७५ वर्ष पुगेको अवसरमा चौथो महाधिवेशनमा सहयोग गर्ने स्थानीयलाई सम्मान गर्ने उहाँले बताउनुभयो ।