अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीको चौथो महाधिवेशन स्थल सर्रे अम्बास सिराहामा एमालेको सचिवालय बैठक आज (तस्विर सहित)

पार्टीको चौथो महाधिवेशन स्थल सर्रे अम्बास सिराहामा एमालेको सचिवालय बैठक आज (तस्विर सहित)


काठमाडौं- पार्टीको चौथो महाधिवेशन स्थल सिराहाको विष्णुपुरकट्टी सर्रेअम्बसमा नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । १० औं महाधिवेशनपछि पार्टी हाइ कमाण्डको बैठक काठमाडौं उपत्यका बाहिर आयोजना गरिएको यो पहिलो पटक हो ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक विहान ११.३० बजे चौथो महाधिवेशन स्थलमा निर्माण गरिएको काठको घरमा बस्नेछ । पार्टीको चौथो महाधिवेशन भएको समय २०४६ साल भदौ ९ देखि १४ गतेको स्मृतिमा भदौ ९ गते आयोजना गरिएको बैठक अविरल वर्षाका कारण रोकिएको थियो । पार्टीको यही महाधिवेशनले मदन भण्डारीलाई पहिलो पटक नेकपा मालेको महासचिव निर्वाचित गरेको थियो ।


सिराहामै रहेका पोलिटव्यूरो सदस्य अच्यूत मैनालीका अनुसार सिराहाको मौसम आज घमाइलो छ । ‘घाम लागेको छ । वर्षा भएको छैन । मौसम राम्रो छ ’ मैनालीले यो बेलासँग भन्नुभयो ‘बैठक स्थ्ल पुग्नलाई ठाउँमा हुन सक्ने सडक अवरोधलाई मध्य नजर गरेर दुईवटा एक्जाभेटर तैनाथ राखेका छौं । ’
मैनालीका अनुसार बैठक स्थल पुग्नका लागि पूर्व पश्चिम राजमार्गको जिरो माइल चौकबाट १५ किलोमिटर उत्तर जानु पर्दछ । बैठक स्थल जाने क्रममा सर्रे खोला दुई पटक र राइरइनी खोला एक पटक तर्नु पर्दछ । खोलाले सडक कटान गर्ने सम्भावना रहेकोले त्यसको व्यवस्थापनका लागि एक्जाभेटरहरु तयारी अवस्थामा राखिएको छ ।