अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी सचिवालय बैठकमा सहभागी हुन अध्यक्ष ओली विराटनगर हुँदै सिराहा जाने

पार्टी सचिवालय बैठकमा सहभागी हुन अध्यक्ष ओली विराटनगर हुँदै सिराहा जाने


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठकमा भाग लिन अहिले केही बेरमा सिराहा जाँदै हुनुहुन्छ ।
अध्यक्ष ओलीको सचिवालयले जानकारी दिए अनुसार साढे ८ बजे विराटनगर हुँदै अध्यक्ष ओली सिराहाको सर्रेअम्बास पुग्ने कार्यक्रम छ । बैठक विहान साढे ११ बजे सुरु हुने जनाइएको छ । पार्टी सचिवालयका महासचिव सहित अन्य नेताहरु जनकपुर हुँदै सिराहा जान विमानस्थल पुगिसक्नु भएको छ । अस्ती भदौ ९ गते गर्ने भनिएको सचिवालय बैठक वर्षाका कारण स्थगित भएको थियो । पार्टीको चौथा महाधिवेशन २०४६ भदौ ९ देखि १४ गतेसम्म सिराहाको सर्रेअम्बासमा भएको थियो । त्यही महाधिवेशनको स्मृतिमा पार्टी सचिवालय बैठक सिराहामा आयोजना गर्न लािगएको पार्टीका मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठक स्थलको सम्पूर्ण तयारी सकिएको, पूर्वपश्चिम राजमार्गको जीरो माइल देखि सर्रे अम्बास जाने क्षेत्रको सडक पुनरमत गरिएको र बाढीले सडकलाई पुर्याउन सक्ने अवरोधलाई मध्यनजर गरे एक्जाभेटरहरु तयारी अवस्थामा राखिएको भट्टराईले यो बेलालाई जानकारी दिनुभयो ।