अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्विरमा हेरौं सिराहामा एमालेको सचिवालय बैठक स्थल

तस्विरमा हेरौं सिराहामा एमालेको सचिवालय बैठक स्थल


सिराहा- नेकपा एमालेको सिराहामा आज हुने सचिवालयको बैठकको सम्पूर्ण तयारी सकिएको छ । २०४६ सालको भदौ ९ देखि १४ गतेसम्म भएको सिराहाको विष्णुपुरकट्टी स्थित सर्रे अम्वासमा भएको तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनले जननेता मदन भण्डारीलाई महासचिव चुनेको थियो । २०४७ सालमा नेकपा माले र नेकपा माक्र्सवादी एकता भएर नेकपा एमाले बनेको हो ।


सिराहाको धनगढीमाई नगरपालिका १४ मा पर्ने यस ठाउँमा पुग्न पूर्वपश्चिम राजमार्गको जीरो माइलबाट १५ किलोमिटर पर्दछ । सर्रे अम्वास पुग्नका लागि करिब तीन किलोमिटर सर्रे खोलाको बाटो हिड्नु पर्ने मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो । तस्विरमा हेरौं,नेकपा एमालेको सचिवालय बैठकको तयारी स्थल :