अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जहाजमा सकुशल जनकपुर अवतरण गरेपछि सुवास नेम्वाङले भन्नुभयो -अहिले दही चिउरा खाँदैछौं

जहाजमा सकुशल जनकपुर अवतरण गरेपछि सुवास नेम्वाङले भन्नुभयो -अहिले दही चिउरा खाँदैछौं


काठमाडौं -एमालेका हाइ कमाण्ड नेताहरुलाई लिएर जनकपुरमा गएको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन अर्को जहाजमा नेताहरुलाई जनकपुर अवतरण गराइएको छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमा जनकपुरमा विमानस्थलमा अवतरण गरेर तस्विर सार्वजनिक गर्दै सकुशल अवतरण लेख्नु भएको छ ।
विहान पौने ८ बजे काठमाडौंबाट उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि जनकपुर अवतरण नगरी काठमाडौं फर्काइएको थियो । ‘बुद्ध कै अर्को जहाजमा केहीबेर अघि नेताहरु जनकपुर अवतरण गर्नुभएको छ ’ एमाले केन्द्रीय सदस्य सञ्जिव झा ले यो बेलासँग भन्नुभयो । जहाजमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष विष्णु पौडेल,सुवासचन्द्र नेम्वाङ,उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु हुनुहुन्थ्यो ।
उत्ता एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफूहरु जनकपुर झरेर दही चिउरा खाँदै गरेको बताउनुभयो । ‘दोस्रो जहाजमा शकुशस जनकपुर आइपुगेर अहिले दही चिउरा खाँदै छौं । अब सिराहा गएर साँझ ७ बजे फर्कने हो’ नेम्वाङले यो बेलासँग भन्नुभयो ।