अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीमा व्याख्यात्मक टिप्पणी कागजको खोस्टो मात्र हो : अध्यक्ष ओली

एमसीसीमा व्याख्यात्मक टिप्पणी कागजको खोस्टो मात्र हो : अध्यक्ष ओली


विराटनगर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौताका विषयमा १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताउनुभएको छ ।

उहाँले तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने बताउनुभयो । यद्यपि एमसीसी नेपालको संसदले अनुमोदन गरेको हुनाले कार्यान्वयनमा जाने अध्यक्ष ओलीको भनाइ छ ।
‘संसदले अनुमोदन गरेको कुरा कार्यान्वयनमा जान्छ’ सिराहामा आयोजना गरिएको सचिवालय बैठकमा जाने क्रममा अध्यक्ष ओलीले ओलीले विराटनगर स्थित विमानस्थलमा सञ्चारकर्मीसँग भन्नुभयो , ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरु सत्तापक्षले नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो ।’