अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिराहाको अम्बासमा एमाले सचिवालय बैठक (तस्वीरहरू)

सिराहाको अम्बासमा एमाले सचिवालय बैठक (तस्वीरहरू)


काठमाडौँ–मधेस प्रदेशको सिराहा जिल्लास्थित अम्बासमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। गत भदौ ९ गतेलाई तय भएको सचिवालय बैठक लगातारको वर्षापछि आएको  बाढीका कारण स्थगित भएसँगै बैठक आज बुधवार बसेको हो ।

बैठकका लागि नेताहरू बुधवार बिहान काठमाडौँ र विराटनगरबाट सिराहा पुग्नु भएको थियो ।

अम्बासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो । भूमिगत कालमा भएको चौथो महाधिवेशनले भण्डारीलाई महासचिव चयन गरेका कारण पनि सो स्थान एमालेका लागि ऐतिहासिक मानिन्छ।

कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पुगेको उपलक्ष्यमा चौथो महाधिवेशनमा सहयोग गर्ने स्थानीयलाई सचिवालयको बैठकले सम्मान गर्ने तयारी छ । उक्त स्थानमा एमालेले मदन भण्डारी नामक एक विद्यालय स्थापना गरेको छ ।