अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक: राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेको निष्कर्ष

एमाले सचिवालय बैठक: राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेको निष्कर्ष


नेकपा एमालेको सिरहाको धनगढीमाई नगरपालिका-४, सर्रे अम्बासमा बुधबार सम्पन्न सचिवालय बैठकले पछिल्लो समय देशको राजनीतिक क्षेत्रमा अराजकता बढ्दै गएको निष्कर्ष निकालेको छ।

नेकपा (एमाले) केन्द्रीय सचिवालय विशेष बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिराहाको धनगढीमाई नगरपालिका-४, सर्रे अम्बासमा बसेर यस्तो निष्कर्ष निकालेको हो।

‘पछिल्ला समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएका छन्। समाज र राजनीतिमा देखापरेका विकृति, विसंगति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ’, गौतमले विज्ञप्तिमा भनेका छन्, ‘यतिबेला जनताले भोग्नुपरिरहेका कष्टप्रति पार्टी गम्भीर छ। स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ।’ 

एमालेले राष्ट्रिय राजनीतिक गम्भीर रहेको स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठकले चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गरेको पनि जनाएको छ।

गएका ३० वर्षका व्यवहारिक परीक्षणका क्रममा मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको सच्चाइ बारम्बार पुष्टि भएको बैठकको निष्कर्ष छ। यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई मात्रै होइन, सिङ्गो नेपाली समाजलाई सही दिशाबोध र मार्गदर्शन गरेको सचिवालय बैठकले निर्णय गरेको छ । जनताको बहुदलीय जनवादको बीजारोपण गर्ने महाधिवेशनका रूपमा चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक महत्त्व रहेको बैठकले निष्कर्ष निकालेको छ । मदन भण्डारीजस्ता मेधावी, नवीन विचारक र लोकप्रिय नेतालाई महासचिव चयन गर्ने चौथो राष्ट्रिय महाधिवेशनको निर्णयको विशेष महत्वको रहेको सचिवालय बैठकले निष्कर्ष निकालेको छ । 

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न बाँकी नै रहेको बैठकले निष्कर्ष निकालेको छ। ‘राष्ट्रियतालाई सुदृढ गर्ने हाम्रो अभियान जारी नै छ’, बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ। 

पछिल्ला समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएका एमालेले निष्कर्ष निकालेको छ। ‘समाज र राजनीतिमा देखा परेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ, यति बेला जनताले भोग्नु परिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ’, निर्णयमा उल्लेख छ । 

यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको बैठकले चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कन सहित स्मरण गरेको छ । सो महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीका योगदानहरूप्रति बैठकले गर्व गरेको छ। जनता तथा पार्टीबिचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने बैठकले संकल्प गरेको छ।  ‘यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र सङ्कल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहना अनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने प्रण गर्दछ’, निर्णयको अन्त्यमा लेखिएको छ ।