अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको आगामी बैठक धनगढीमा,बैतडीबाट ‘मध्यपहाडी जनसंवाद’ कार्यक्रम सुरु गरिने

एमाले केन्द्रीय कमिटीको आगामी बैठक धनगढीमा,बैतडीबाट ‘मध्यपहाडी जनसंवाद’ कार्यक्रम सुरु गरिने


काठमाडौं -काठमाडौं बाहिर पहिलो पटक पार्टीको ‘हाइकमाण्ड’ सचिवालयको बैठक गरेको नेकपा एमालेले केन्द्रीय कमिटीको आगामी बैठक सुदुरपश्चिमको धनगढीमा गर्ने भएको छ ।
पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार मिति र समय मिलाएर केन्द्रीय कमिटीको आगामी बैठक कैलालीको धनगढीमा गर्ने टुंगो भएको छ । हिजोको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक स्थलको टुंगो लगाएको हो । नेम्वाङका अनुसार एमालेले मध्यपहाडी लोकमार्गमा जनसंवाद कार्यक्रम सञ्चालनको सन्दर्भ पारेर धनगढीमा बैठक राख्ने निर्णय गरेको हो । बैठक सकिएपछि मध्पहाडी लोकमार्गको पश्चिम खण्डको सुरुवाती विन्दु वैतडीको झुलाघाटबाट महाकाली मेची अभियान प्रारम्भ हुनेछ । यस अभियानलाई ‘एमालेले मध्यपहाडी जनसंवाद’ कार्यक्रमको संज्ञा दिएको छ ।
मध्यपहाडको एमालेको यो जनसंवाद करिब ३५ दिन सञ्चालन हुने एमालेले जनाएको छ । एक नेताका अनुसार हालसम्मको तयारी अनुसार मंसिर १० गते बैतडीको झुलाघाटबाट प्रवेश गरेको एमालेको टोली पुष १५ गते पूर्वी खण्डको सुरुवाती विन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिनेछ । यो अभियाले मध्यपहाडका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद बनाउने नयाँ आधार तय गर्ने पार्टीको अपेक्षा छ ।
एमालेले २०७४ साल फागुन २१ गते सुखानी दिवशको अवसर पारेर महेन्द्र राजमार्गमा मेची महाकाली अभियान सुरु गरेको थियो । यो अभियान सप्तरीमा आइपुग्दा एमालेको कार्यक्रममा मधेस केन्द्रीत केही दलका कार्यकर्ताले आक्रमण गर्दा केही समय अवरुद्ध भएको थियो ।