अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै,  कोशी प्रदेश बजेटविहीन

मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै,  कोशी प्रदेश बजेटविहीन


काठमाडौँ–कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुँदेछ । यसअघि भदौ ७ गते रिटमाथि अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले सुनुवाइका लागि आज पूर्ण इजलासमा पेशी तोक्न आदेश दिएको थियो ।  

मुख्यमन्त्री थापाले गत भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष गरेका कांग्रेस सांसद ईस्राईल मन्सुरीले पनि विश्वासको मत दिएर बहुमत पुर्याएका थिए ।  

त्यसविरुद्ध  पूर्वमुख्यमन्त्री एवं एमाले नेता हिक्मत कार्कीले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो ।

थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न सर्वोच्चले आदेश दिएको थियो । 

यसैबीच तत्कालीन मुख्यमन्त्री कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा आउन नसकेपछि बजेट शून्यताको अवस्थामा पुगेको छ ।

सभाबाट पारित भई अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइनुपर्ने भएपनि  सरकारले बजेट अधिवेशन अन्त्य गरेकाले कोशी बजेटविहीन भएको हो ।