अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालबाट चीनको उच्चस्तरीय भ्रमण हुन लागेका बेला काठमाडौंमा चिनियाँ राजदूतसहित छलफल

नेपालबाट चीनको उच्चस्तरीय भ्रमण हुन लागेका बेला काठमाडौंमा चिनियाँ राजदूतसहित छलफल


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा जाने तयारी गर्नु भएको छ। प्रधानमन्त्री प्रचण्ड जानुअघि नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल बेइजिङ जाने तयारी गरेको छ।

महासचिव पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल बेइजिङ जाँदै गरेका बेला काठमाडौंमा विश्व अर्थतन्त्रमा चीनको उपस्थिति र त्यसको नेपालमा प्रभावका विषयमा छलफल हुने भएको छ।

फाउन्डेशन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिजको आयोजनामा शनिबार (भोलि) काठमाडौंको अल्फाबिटामा हुने छलफलमा सभामुख देवराज घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सङ, पूर्वपरराष्ट्र मन्त्री डा. विमला राई पौडेल, महेन्द्रबहादुर पाण्डेलगायतले सम्बोधन गर्ने आयोजक संस्थाका अध्यक्ष पूर्वमन्त्री आनन्द पोखरेलले जानकारी दिनु भयो ।

कार्यक्रममा डा. कल्याण रोक्काले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ। नेपालबाट चीनको उच्चस्तरीय भ्रमण हुन लागेका बेला विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभावबारे अन्तरक्रिया गर्न लागिएको हो ।